मन्त्रालयमा प्रविष्ट छैन ४९२ पालिकाको बजेट
सारांश
- आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ४२ स्थानीय तहले ल्याएनन्।
- ७११ स्थानीय तहले बजेट ल्याए पनि धेरैले मन्त्रालयमा प्रविष्ट गरेनन्।
- मंगलबार बजेट ल्याउने अन्तिम दिनसम्म २६१ स्थानीय तहले मात्र मन्त्रालयमा बजेट प्रविष्ट गरे।
काठमाडौँ । मंगलबार ७ सय ५३ स्थानीय तहमध्ये ४२ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएनन् । ७ सय ११ स्थानीय तहले बजेट निर्धारित समयमा ल्याए पनि धेरैले मन्त्रालयमा प्रविष्ट गरेका छैनन् ।
स्थानीय तहहरूले ल्याएको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट गर्नुपर्ने हुन्छ । मन्त्रालयमा बजेट प्रविष्ट गरेपछि जुनसुकै पालिकाको बजेटको तथ्याङ्क संघीय मामिला मन्त्रालयमा उपलब्ध हुन सक्छ ।
तर धेरै जसो स्थानीय तहले मन्त्रालयमा बजेट प्रविष्ट गर्ने गरेका छैनन् । बजेट ल्याउने अन्तिम दिन मंगलबार भएता पनि बुधबार मध्यान्हमा जम्मा २६१ वटा स्थानीय तहले मात्रै मन्त्रालयमा बजेट प्रविष्ट गरेका छन् । ७५३ स्थानीय तहमध्ये मन्त्रालयमा ४९२ वटा स्थानीय तहले बजेट मन्त्रालयमा प्रविष्ट नगरेका हुन् ।
गत वर्षकै ५२ बाँकी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट समेत ५२ वटा स्थानीय तहले प्रविष्ट गरेका छैनन् । चालु आर्थिक वर्षमा ७०१ वटा पालिकाले मात्रै मन्त्रालयमा बजेट बुझाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण