शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

विशेष अदालतले माधव नेपालको मुद्दामा भन्यो–पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुनेछ (पूर्णपाठ सहित)

बुधबार, ११ असार २०८२, २२ : १२
बुधबार, ११ असार २०८२

काठमाडौँ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणको मुद्दामा मुछिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई विशेष अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

बुधबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ धरौटीमा छाड्न आदेश गरेको हो ।साथै नेपालको मुद्दामा विशेष अदालतले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा उल्लेख गरेको छ ।

अदालतले कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने, र प्रस्तावित प्रयोजनमा नलगाई अन्य व्यक्तिलाई बिक्री वितरण गर्ने छुट दिने मन्त्रिपरिषद्को निर्णय नीतिगत निर्णयको दायरामा पर्छ वा पर्दैन भन्ने विषयमा अन्तिम टुङ्गो प्रमाण परीक्षणपछि मात्र हुने उल्लेख गरेको छ।

पूर्णपाठ

1122mn-33

mn3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप