आमाको अन्तिम संस्कार गर्नेबेला कफिनले किचेर छोराको मृत्यु
डेली मेल
इन्डोनेसियामा एक व्यक्तिको आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर मृत्यु भएको छ ।
डेली मेलका अनुसार घटना उत्तर तोराजा जिल्लामा रहेको पारिन्दिङ भ्यालीको हो । उक्त घटनामा ४० वर्षीय सामेन कोन्डोरुराको मृत्यु भएको हो ।
पुलिस चिफ कमिश्नर जुलियान्टो सिरेटका अनुसार ४० वर्षीय सामेन आफ्नो आमा बेर्टाको अन्तिम संस्कार गर्ने तयारीमा जुटेका थिए । यसका लागि कफिनलाई अग्लो टावरमा लगिँदै थियो । तर त्यति नै बेला टावरमा पुर्याउनका लागि राखिएको भर्याङ चिप्लियो र ढल्यो जसका कारण कफिन खस्यो र पीडितलाई लाग्यो ।’
सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार टावरभित्र पुग्नै लाग्दा कफिन खसेको थियो । जसका कारण माथिसम्म पुगेका मानिसहरु थुप्रै मिटर तल रहेको जमिनमा खसे । यसै क्रममा कफिनले पीडितलाई किचेको थियो ।
त्रसित प्रत्यक्षदर्शी सहयोगका लागि दौडिए । कोन्डोरुराको पछि अस्पतालमा मृत्यु भयो ।
सिरेटका अनुसार उक्त दुर्घटना भर्याङको राम्रो व्यवस्था नभएका कारण भएको हो । कोन्डोरुराको शव अहिले आमाको शव नजिकै राखिएको सिरेटले बताए ।
जब ट्रोजनहरुको मृत्यु हुन्छ तब स्थानीयले ती व्यक्तिको धुमधामसँग अन्तिम संस्कार गरिन्छ । तीन चार दिनसम्म नाच गान र राँगोको बलि दिएर व्यक्तिलाई अन्तिम विदाई गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण