कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुसरण गर्नुपर्छ : श्रममन्त्री
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुसरण गर्नुपर्ने बताएका छन् ।
ललितपुरमा बिहीबार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै उनले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरूको समेत योगदान रहेको बताएका हुन् ।
उनका अनुसार कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरूले महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै श्रममन्त्री भण्डारी ती देशले नेपालीको योगदानलाई कदर गर्नुपर्ने बताए ।
उनका अनुसार नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्छ ।
उनले विदेशमा नेपाली कामदारलाई फरक दृष्टिले हेरिन नहुने समेत बताए । ती राष्ट्रहरूले आफ्ना नागरिक सरह नेपाली कामदारलाई पनि सेवा सुविधा दिनुपर्ने मन्त्री भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण