एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे
काठमाडौँ । एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बित भएको घटना प्रकाशमा आएको छ ।
यो घटना ६ जुनमा भएको थियो । माइकल तेजेन्द्रा नाम गरेका यात्री गरुडा एयरलाइनमार्फत जाकर्ताबाट मेलबर्न जाँदै गर्दा उडानकै क्रममा उनको आइफोन हराएको थियो । यात्री सिटको खल्तीमा उनले आइफोन राखेका थिए ।
उडानकै क्रममा उनको आइफोन हराएको थियो । त्यसपछि उनले ‘फाइन्ड माइ आइफोन’ फिचर प्रयोग गरेर आफ्नो फोन ‘ट्रयाक’ गरे ।
यस क्रममा उनले आफ्नो फोन मेलबर्नको मर्क्यूर होटल आसपास रहेको पत्ता लगाए । उनले यात्रा गरेको विमानका चालक दलका सदस्यहरू सोही होटलमा बसेको पत्ता लागेको थियो ।
तेजेन्द्राले आफ्नो आइफोनको अन्तिम लोकेसन यारा नदी नजिकै रहेकोसम्म पत्ता लगाए । यद्यपि उनले फोन फेला पार्न सकेनन् ।
यो घटनालाई एउटा फोनसँग मात्र सम्बन्धित नठानेर उनले एयरलाइन्स र यात्रीको सुरक्षाको विषयका रूपमा उजागर गर्ने उद्देश्यले इन्स्टाग्राममा यसबारे लेखे । उनले फोन ट्रयाक गर्दाको लोकेसनसमेत स्क्रिनसट गरेर राखेका थिए ।
यसबारे चर्चा चुलिएपछि एयरलाइन्सका निर्देशकले विज्ञप्तिसमेत जारी गरे । उक्त उडानमा रहेका चालक दलका सबै सदस्यलाई निलम्बन गरिएको र पीडित यात्रीसँग निरन्तर सम्पर्कमा रहेर छलफल गरिरहेको एयरलाइन्सका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण