कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः देउवा
सारांश
- शेरबहादुर देउवाले संविधानको व्यवस्थाले बहुमत ल्याउन कठिन हुने बताए।
- देउवाले कांग्रेस बलियो बनाउन र संविधान जोगाउन आवश्यक रहेको बताए।
- कांग्रेस नेताहरूले पार्टीलाई सुदृढ बनाउने र गठबन्धनबारे धारणा राखे।
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राखेका छन् ।
नेपाली कांग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थानले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गरे ।
नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनको भनाइ थियो ।
कांग्रेसभित्रको रोग हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले सच्चा मनले एक भए संविधानलाई बचाउँदै एकल बहुमत ल्याउनसक्ने पार्टी बनाउन आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाललाई सम्बृद्ध बनाउने पार्टी कांग्रेस भएको बताए ।
कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन आश्यकता र परिस्थिति हेरेर गर्न सकिने बताए ।
नेता डा शशाङ्क कोइरालाले कांग्रेसलाई बलियो बनाउन सके संविधानको रक्षा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण