बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
सदन

रास्वपा र राप्रपाको अवरोधका बिच प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणबारे सांसदलाई जानकारी

शनिबार, १४ असार २०८२, १२ : २५
शनिबार, १४ असार २०८२

सारांश

  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधि सभाको बैठक अवरोध गरे।
  • सभामुखले प्रधानमन्त्री ओलीलाई स्पेन भ्रमणबारे सम्बोधन गर्न समय दिएपछि रास्वपा सांसदहरू नाराबाजी गर्दै बैठकबाट बाहिरिए।
  • रास्वपाका सांसदले बेल घेराउ गरेका थिए भने राप्रपाका सांसद रोशन कार्की बोलेपछि बाहिरिए।

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।

त्यसअघि आकस्मिक समयमा रास्वपाका सांसदहरूले बेल घेराउ  गरेका थिए । राप्रपाका सांसदहरू भने सांसद रोशन कार्की बोलेलगत्तै बाहिरिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् । 

भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ । भ्रमणबारे जानकारी गराएपछि  प्रधानमन्त्रीले एसईई परीक्षा नतिजामा सुधार आएको भन्दै खसी व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप