नेकपा (एकीकृत) समाजवादी निकट युवा सङ्घ लुम्बिनीको अध्यक्षमा थापा
सारांश
- बुटवलमा सम्पन्न युवा सङ्घ नेपाल लुम्बिनीको प्रदेश भेलाले कृष्ण थापाको अध्यक्षतामा ४५ सदस्यीय कमिटी चयन गर्यो।
- उपमहासचिव मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटी चयन गरेको हो।
- नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा सङ्घलाई लुम्बिनी प्रदेशमा राम्रो सङ्गठन बनाउने प्रतिबद्धता व्यक्त गरे।
बुटवल । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा सङ्घको प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटी चयन गरिएको छ ।
उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डीसी (रोल्पा), उपसचिवद्धयमा साजन सापकोटा (बाँके), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ (पाल्पा) निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा शिशिर खत्री (बर्दिया), पुन्थे शाही (बाँके), दुर्गा बुढाथोकी (दाङ), आनन्द भुसाल (अर्घाखाँची), गोविन्द नेपाली (अर्घाखाँची), विशाल बराल (गुल्मी), साईजन खाँण (कपिलवस्तु) लगायत रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा सङ्घलाई लुम्बिनी प्रदेशमा व्यवस्थित रूपमा एउटा आशालाग्दो सङ्गठनका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण