अधिक तरलता थुप्रिएपछि आइतबार ३० अर्ब खिच्दै राष्ट्र बैंक
सारांश
- नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब निक्षेप खिच्दैछ, तरलता व्यवस्थापनका लागि बोलकबोल गर्दैछ।
- बैंकमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप तान्दै आएको छ, जसले लगानीकर्ताको आत्मविश्वासमा कमी रहेको संकेत गर्छ।
- बोलकबोलमार्फत ब्याजदर निर्धारण हुनेछ, जसमा 'क', 'ख', र 'ग' वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत् राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको उक्त निक्षेप खिच्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ बजे अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । सावाँ ब्याज भुक्तानी आजै हुने राष्ट्र बैंकले जनाएको छ ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने उल्लेख छ ।
आइतबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ ‘ख’ र ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । साथै निक्षेप सङ्कलनको बोलकबोलममा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने छ ।
निक्षेप सङ्कलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । अहिले कुल निक्षेप ७० खर्बमाथि पुगेको छ । बैंकमा ठुलो मात्रमा निक्षेप थुप्रिए पनि लगानी हुन सकिरहेको छैन ।
लगानीकर्ताको आत्मविश्वासमा अझै पनि कमी रहेको बैंकबाट प्रवाह हुने कर्जा बढ्न नसक्नुले पनि पुष्टि गरेको छ । कर्जा प्रवाह नबढ्ने र बैंकमा अधिक तरलता भए पनि राष्ट्र बैंकले रकम खिच्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण