मनोज भेटवाललाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरी वृत्त सिंहदरबारको टोलीले भेटवाललाई शुक्रबार पक्राउ गरेको थियो । बैंकिङ्ग कसुर मुद्दामा भेटवाललाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।
व्यवसायी भेटवालले सिन्धुली घर भएका राजकुमार बराललाई दिएको १० करोडको चेक बाउन्स भएको र त्यसविरुद्ध बैकिङ्ग कसुरको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता भएको छ ।
दम र सुगरको बिरामी रहेका भेटवाललाई धुम्बाराहीको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण