रुससँग जारी युद्धबिच युक्रेनका राष्ट्रपतिले लिए ठुलो निर्णय
सोमबार, १६ असार २०८२, ०७ : ०१
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सेनालाई बारुदी सुरुङ प्रयोग गर्न अनुमति दिएका छन्।
- युक्रेनले पहिले बारुदी सुरुङ प्रतिबन्धित ओटावा सन्धिमा हस्ताक्षर गरेको थियो।
- पोल्याण्ड, फिनल्याण्ड र बाल्टिक देशहरूले पनि ओटावा सन्धिबाट पछि हट्ने बताएका छन्।
किभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देशको सेनालाई बारुदी सुरुङ प्रयोग गर्न आधिकारिक रूपमा अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन्।
युक्रेनले पहिले ओटावा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले बारुदी सुरुङको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। यद्यपि, रुसले कहिल्यै यो सन्धिमा हस्ताक्षर गरेन। युद्धको समयमा उसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ।
यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ । यद्यपि, राष्ट्रपति जेलेन्स्कीको आदेश अब युक्रेनी संसद्बाट अनुमोदन हुन बाँकी छ।
यसैबिच, आधिकारिक रूपमा पोल्याण्ड, फिनल्याण्ड र तीन बाल्टिक देशहरू अर्थात् इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि ओटावा सन्धिबाट पछि हट्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण