विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबिच छलफल
सारांश
- कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच विपद्जन्य सूचना प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो।
- बैठकले मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने निर्णय गरेको थियो।
- एसएमएस, एफएम र सामाजिक सञ्जालमार्फत सूचना प्रसारण गर्ने विषयमा छलफल भएको थियो।
काठमाडौँ । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङबिच छलफल भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको भेटमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्न सक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने निर्णय भएको थियो ।
भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाएर जोखिम क्षेत्रमा समयमै सचेत गराउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री गुरुङबिच छलफल भएको सचिवालयले जानकारी दिएको । सो क्रममा सञ्चारमन्त्री गुरुङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताए।
कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्को समयमा मौसम पूर्वानुमानअनुसार पूर्व सूचनालाई प्रभावकारी बनाउन सके सम्भावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण