डुबान
उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन
सोमबार, १६ असार २०८२, १३ : १६
सारांश
- सुदूरपश्चिममा भारी वर्षापछि मुख्यमन्त्री शाहले सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएका छन्।
- कैलाली, कञ्चनपुर लगायतका क्षेत्र जलमग्न भएका छन्, बाढीको जोखिम बढेको छ।
- धनगढी विमानस्थलमा २०५.२ मिलिमिटर र कञ्चनपुरमा २७१ मिलिमिटर वर्षा मापन गरिएको छ।
कैलाली । सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
‘भारी वर्षापछि लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन्’, मुख्यमन्त्री शाहले भनेका छन्– ‘बाढीबाट डुबान हुन सक्ने भएकोले विपत्तिको समयमा सुरक्षित भएर बस्नुहुन सर्वसाधारण सबैमा अनुरोध गर्दछु ।’
साथै उनले सुरक्षा निकाय लगायत सम्पूर्ण मातहतका निकायहरूलाई विपद्को समयमा उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०५.२ मिलिमिटर वर्षा मापन भएको छ भने कञ्चनपुरमा २७१ मिलिमिटर पानी परेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण