तेलङ्गना फर्मा कम्पनीमा विष्फोटः मर्नेको संख्या १२ पुग्यो
सारांश
- तेलङ्गानाको संगारेड्डीमा रहेको एक औषधि प्लान्टमा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ।
- विस्फोटमा ३४ जना घाइते भएका छन् र उद्धार कार्य जारी छ।
- प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई राहत दिने घोषणा गरेका छन्।
नयाँ दिल्ली । भारतको तेलङ्गानाको संगारेड्डीमा सोमबार एक औषधि प्लान्टमा भएको शंकास्पद विस्फोटमा मर्नेको संख्या १२ जना पुगेको छ ।
दुर्घटनामा करिब ३४ जना घाइते भएको भनिएको छ । विस्फोट भएको पासुम्यालम औद्योगिक इस्टेटमा रहेको सिगाची फार्मा कम्पनीभित्र धेरै कामदारहरू फसेको आशंका गरिएको र उनीहरूलाई बचाउने प्रयास भइरहेको अमर उजालाले समाचार छापेको छ ।
घटनामा १२ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका अग्नि नियन्त्रण विभागका एक अधिकारीलाई उद्धृत गर्दै पीटीआईले समाचार छापेको छ ।
यसअघि बीबीसी हिन्दीले भने यस घटनामा ८ जनाको मृत्यु भएको लेखेको थियो । घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको र उनीहरूको उपचार जारी रहेको बताइएको छ । उद्धार कार्य जारी रहेकाले उनीहरूको अवस्था तत्काल थाहा हुन सकेको छैन । आगो निभाउन दमकलहरू खटाइएको छ ।
विष्फोटको घटना बिहान ८ः१५ देखि ९ः३५ बजेको बिचमा भएको थियो । घटनास्थलबाट सुरुमा ६ जनाको शव निकालिएको थियो । चन्दा नगरमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको र पछि मृतकको संख्या बढेर १२ पुगेको हो ।
यसैबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा मृत्यु हुनेको परिवारप्रति समवेदना व्यक्ति गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ अनुग्रहण दिइने बताएका छन् । घाइतेहरूलाई भने ५० हजार रुपैयाँका दरले दिइने घोषणा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण