जब लटरी कम्पनीले हजारौँलाई ठुलो रकम जितेको सन्देश पठायो
सारांश
- नर्वेको लटरी संस्थाले खेलाडीलाई गलत रकम जितेको सन्देश पठाएपछि माफी माग्यो।
- युरोलाई नर्वेजियन क्रोनरमा परिवर्तन गर्दा गल्ती भएको स्वीकार गर्दै कम्पनीले स्पष्टीकरण दियो।
- तत्कालीन सीईओले राजीनामा दिएपछि नयाँ कार्यवाहक सीईओ नियुक्त भएका छन्।
ओस्लो । नर्वेको राष्ट्रिय लटरी संस्था नोर्स्क टिपिङले युरोज्याकपोट ड्रका क्रममा हजारौँ खेलाडीलाई भूलवश ठुलो रकम जितेको सन्देश पठाएकोमा माफी मागेको छ।
शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा कम्पनीले जनाएको अनुसार, पुरस्कार राशि जर्मनीबाट युरोमा प्राप्त भएपछि नर्वेजियन क्रोनरमा रूपान्तरण गर्ने क्रममा गल्ती भएको हो । युरोको रकमलाई १०० ले भाग गर्नुपर्ने ठाउँमा १०० ले गुणा गरियो, जसका कारण खेलाडीहरूले वास्तविकभन्दा सय गुणा बढी राशि जितेको सन्देश प्राप्त गरे।
कम्पनीले खेलाडीहरूलाई गलत सूचना भएका सन्देश र पुस नोटिफिकेसनहरू पठाएको थियो । पछि वास्तविक रकमको जानकारीसहित सुधार गरिएको सूचना जारी गर्यो।
यो म्यानुअल कोडिङमा भएको गल्तीका कारण भएको कम्पनीको भनाइ छ।कम्पनीले थप स्पष्ट पारेको छ, ‘कुनै पनि खेलाडीलाई गलत राशिको भुक्तानी दिइएको छैन।’
शनिबार कम्पनीकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत तोञ्जे साग्सचुएनले पनि छुट्टै विज्ञप्तिमा क्षमा मागेकी थिइन् । यस घटनापछि साग्सचुएनले राजीनामा दिएकी छन् । उनको ठाउँमा कार्यवाहक सीईओ वेगार स्ट्रान्ड नियुक्त भएका छन्।
शुक्रबारको ड्रमा सबै नम्बर मिलाउने कोही पनि नभएका कारण पुरस्कार राशि ३७७ मिलियन नर्वेजियन क्रोनर (करिब ३७.३ मिलियन अमेरिकी डलर) पुगेको छ। अबको ड्र मंगलबार हुने बताइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण