राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद्हरुले के भने ?
सारांश
- सांसदहरूले बाढीपहिरो र डुबानबाट हुन सक्ने क्षति कम गर्न सरकारलाई सचेत गराए।
- किसानलाई रासायनिक मल उपलब्ध गराउन र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका किसानलाई परेको मर्कालाई ध्यान दिन आग्रह गरियो।
- सडक मर्मत, सुनचाँदी व्यवसायीको कर खारेजी र रोजगारी सिर्जनाका लागि सांसदहरूको ध्यानाकर्षण गराइयो।
काठमाडौँ । सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसमेत सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद उदयबहादुर बोहराले देशभर किसानलाई आवश्यक मल उपलब्ध नभएकोतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद नरबहादुर विष्टले निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका किसान मर्कामा परेको बताए। यी प्रदेशका विभिन्न जिल्लाका बजार समेत अस्तव्यवस्त भएकोतर्फ ध्यानार्कषण गराउँदै क्षति न्यूनीकरण र उद्धारका लागि सरकारको योजनाबारे गृह मन्त्रालयले सदनलाई जानकारी दिन सभाअध्यक्षमार्फत माग गरे ।
सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका अतिवृष्टिले प्रभावित भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, सांसद मदनकुमारी साह गरिमाले सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने हुलाकी सडकअन्तर्गत कर्णाली नदीको पुलको बर्दियातर्फको भाग क्षतिग्रस्त भएकाले तत्काल मर्मत गर्न ध्यानाकर्षण गराइन् ।
सांसद मोहम्मद खालिदले चामलमा आत्मनिर्भर हुने सरकारले लिएको लक्ष्यबारे सचेत गराए ।
सांसद राजेन्द्र लक्ष्मी गैरेले वर्षाका कारणले सडक क्षतिग्रस्त हुँदा आवतजावतमा समस्या भएको भन्दै जोखिमपूर्ण यात्राबारे सचेत गराइन् ।
सांसद भुवनबहादुर सुनारले सुनचाँदी व्यवसायीको कर खारेज गर्ने मागप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद दुर्गाकुमारी गुरुङले कर्णाली प्रदेशका जनता रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वदेशमा उद्योग सञ्चालन र सीपमूलक तालिम उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण