नायिका रेखा थापाले गृहमन्त्रीलाई दिइन् बधाई
काठमाडौँ । नायिका रेखा थापाले गृहमन्त्री रमेश लखेकलाई बधाई दिएकी छन् । आमाको नामबाट नागरितका पाउने स्थिति बनेको भन्दै नायिका थापाले मंगलबार गृहमन्त्रीलाई भेटेर बधाई दिएकी हुन् ।
थापाले गृहमन्त्रीसँग भएको भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्,'सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादा खेरी बाबुको खोजी हुन्छ ! तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन अब यस्तो परिस्थितिको अन्त्य भएको छ । नेपाल सरकार एवं गृहमन्त्रीज्युलाई यो साहासिक एवं ऐतिहासिक कदमका लागी धेरै धेरै बधाई ।'
साथै नायिका थापाले नागरिकता बिहीन नेपाली नागरिकलाई बधाई दिँदै महिला अधिकारका क्षेत्रमा सुनौलो काम भएको बताइन् । आज मात्रै नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण