प्रतिपक्षको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । मंगलबार बैठक सुरु भए लगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विरोध जनाएका थिए ।
बजेट सच्याइनुपर्ने माग राख्दै माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्र जित थारुले बैठक स्थगित गर्न माग गरेका थिए ।उनले भौतिक,पूर्वाधार, सिँचाइ जस्ता महत्त्वपूर्ण विषय समावेश नगरिएको बताए ।
प्रतिपक्षको विरोधपछि सभामुख तुलाराम घर्तिमगरले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने बैठकको सम्भावित कार्यसूचीमा थियो ।
सोही अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको थियो ।
यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । त्यसयता बजेट प्रस्तुत भएको १७ औँ दिनमा बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण