शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘वैदेशिक रोजगारीबाट फर्किएकाहरूको ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छ’

मङ्गलबार, १७ असार २०८२, १७ : ०१
मङ्गलबार, १७ असार २०८२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूले प्राप्त गरेका ज्ञान, सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्न सक्नुपर्ने बताएका छन् । 

मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालमै रोजगारका लागि वातावरण बनाउन सरकार सक्षम रहेको भन्दै बाहिरबाट सिकेका सीपहरूलाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएका हुन् । 

मन्त्री भण्डारीले यस अधि मन्त्रालयले वैदेशिक रोजगारलाई मात्र सहजीकरण र प्रोत्साहन गरेको भन्दै वैदेशिक रोजगारमा गएका नेपालीहरूलाई फर्काएर उनीहरूको सिप ज्ञान पूँजीलाई उद्यमशीलतामा परिणत गरी त्यसबाट रोजगार सृजना गरी मुलुककाे अर्थतन्त्रलाई विकास गर्ने मूल उद्देश्यका साथ नीति तय गरेको समेत बताए । 

उनले सरकारले आन्तरिक रोजगारको निम्ति आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा प्रवर्द्धन गर्ने निर्णय अनुसार संरचना गत परिवर्तनका लागि मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरेको समेत जानकारी दिए । 

उनले मन्त्रालयले महाशाखा अन्तर्गत रोजगारको अवसरहरूलाई चाहिने जनशक्ति तयार गर्ने, सीपको व्यवस्था गर्ने, निजी क्षेत्रको सहकार्यबाट मुलुकमा भएका रोजगारीका सम्भावनाहरूलाई श्रम मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय व्यवसायिक प्रतिष्ठान बाट तालिम गराएर आफ्नो काम सुरु गरिसकेको दाबी गरे ।

मन्त्री भण्डारीले प्रतिष्ठानले हालसम्म होटल एसोसिएसन नेपाल, कम्प्युटर एसोसिएसन नेपाल लगायत सँग १३ वटा सस्थाहरुसँग सम्झाैता गरिसकेको समेत बताए । 

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेका ८ जना उद्यमीहरूलाई राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मान समेत गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप