माओवादी विराटनगरको कार्य विभाजन : वाईसीएल संयोजकमा चन्दन मण्डल
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर कमिटीले कमिटीको कार्य विभाजन टुङ्ग्याएको छ । जसमा युवा नेता चन्दन कुमार मण्डललाई एकैसाथ तीन वटा जिम्मेवारी दिइएको छ ।
पार्टीको महानगर समितिले गरेको निर्णयअनुसार मण्डलले वडा, विभाग र योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृत्व गर्ने अवसर पाएका छन् ।महानगर पार्टी अध्यक्ष दिनेश राजवंशी (देव) द्वारा जारी परिपत्रअनुसार, चन्दन कुमार मण्डललाई विराटनगर महानगरपालिका वडा नम्बर १ को इन्चार्ज तोकिएको छ ।
यसका साथै, उनलाई पार्टीको महत्त्वपूर्ण मानिने पुलिस प्रशासन विभागको प्रमुखको जिम्मेवारी पनि सुम्पिएको छ। यति मात्र नभई, पार्टीको युवा सङ्गठन वाइसिएल नेपालको विराटनगर महानगर संयोजकको भूमिका पनि उनैले निर्वाह गर्ने भएका छन् ।
गत असार ३ गते अध्यक्ष राजवंशीको अध्यक्षता र केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले (समर) को प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णय कार्यान्वयनका लागि असार १६ गते परिपत्र जारी गरिएको छ ।
बैठकले अन्य नेताहरूको पनि कार्य विभाजन गरेको छ। जसअनुसार निर्वाचन क्षेत्र संयोजकमा क्षेत्र नं. ४ मा कुलप्रसाद (केपी) चौलागाईं, क्षेत्र नं. ५ मा रञ्जित मण्डल र क्षेत्र नं. ६ मा भरत गिरी गोसाईंलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, विभिन्न विभागीय प्रमुखहरू पनि तोकिएका छन्। स्कुलिङ विभाग प्रमुखमा महेन्द्र प्रसाद मण्डल, स्वास्थ्य विभाग प्रमुखमा मो. रेहान र आर्थिक विभाग प्रमुखमा मनिस सोनीलाई जिम्मेवारी दिइएको छ ।
परिपत्रमा श्रावण १५ गतेभित्र महानगरको नियमित बैठक, वडा बैठक, वाइसीएल नेपाल महानगर सम्मेलन र टोल कमिटी निर्माण जस्ता सङ्गठनात्मक कार्य योजना सम्पन्न गर्न निर्देशन दिइएको छ ।
साथै, पार्टी कार्यालयका लागि भवन खोज्ने र बैठकका लागि लेवी उठाउने जस्ता आर्थिक निर्णयहरू पनि गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण