पर्यटन
जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आए
मङ्गलबार, १७ असार २०८२, २० : ४४
काठमाडौँ । सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार यसबारेमा जानकारी दिएको हो ।
सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो सङ्ख्या भारतबाट आएको छ । भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ, जहाँबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, तेस्रोमा चीन (६ हजार ७३६), चौथोमा बङ्गलादेश (५ हजार ४४९) र पाँचौँ स्थानमा बेलायत (२ हजार २८४) छन् ।
पर्यटक आउने शीर्ष १० मुलुक
१. भारत — ३२,६६२
२. अमेरिका — ९,६९६
३. चीन — ६,७३६
४. बङ्गलादेश — ५,४४९
५. बेलायत — २,२८४
६. अष्ट्रेलिया — १,८३१
७. मलेसिया — १,३४८
८. भुटान — १,१६७
९. जापान — १,०१९
१०. दक्षिण कोरिया — १,००२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण