बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रवण शक्ति अति न्यून भएकालाई सुनाइ यन्त्र वितरण

मङ्गलबार, १७ असार २०८२, २१ : २३
मङ्गलबार, १७ असार २०८२

बुटवल ।रुपन्देहीको सियारी गाउँपालिकामा श्रवण शक्ति अति न्यून भएका व्यक्तिहरूलाई सुनाइ यन्त्र वितरण गरिएको छ।

गाउँपालिकाको आयोजना तथा श्रवण हियरिङ एन्ड चाइल्ड केयर प्रालि बुटवलको प्राविधिक सहयोगमा स्थानीयवासीको स्वास्थ्य परीक्षण गरी सुनाइ यन्त्र वितरण गरिएको हो।

मंगलबार यन्त्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले स्वास्थ्य क्षेत्रमा सियारी गाउँपालिकाले लगानी गर्दै आएको उल्लेख गर्दै श्रवण शक्ति कमजोर भएकालाई यन्त्र प्रदान गर्दा उनीहरूको दैनिकी सहज हुने विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत अशर जिसीले गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक र श्रवण समस्याका व्यक्तिका लागि विशेष योजना अघि सारेको जानकारी दिए। 

उनले अमुवा स्वास्थ्य चौकीमा परीक्षण गरेर श्रवण शक्ति अति कमजोर देखिएका व्यक्तिलाई छनोट गरी सुनाइ यन्त्र वितरण गरिएको बताए।

श्रवण हियरिङ एन्ड चाइल्ड केयर प्रालि बुटवलका अडियोलोजिस्ट विद्धान भुसालले परीक्षण गरिएका मध्ये १२ जनालाई मात्र सुनाइ यन्त्र वितरण गरिएको जानकारी दिए। 

सबैले यन्त्र प्रयोग गर्न मिल्ने अवस्था नभएकाले उपयुक्त देखिएकालाई मात्र वितरण गरिएको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप