एएफसी एसियन कप छनोट : श्रीलङ्काको सामना गर्दै नेपाल
बुधबार, १८ असार २०८२, ०९ : ४८
सारांश
- नेपाली महिला फुटबल टोलीले एएफसी एसियन कप छनोटमा श्रीलङ्कासँग खेल्दैछ।
- नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो, र यो टोलीको १००औँ खेल थियो।
- छनोट चरणमा नेपाल उज्वेकिस्तान, लाओस र श्रीलङ्कासँगै एफ समूहमा छ।
काठमाडौँ । नेपाली महिला फुटबल टोलीले एएफसी एसियन कप छनोट खेलमा बुधबार श्रीलङ्काको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि, आइतबार भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० को विशाल अन्तरले हराएको थियो । यो नेपाली महिला टोलीको ल्यान्डमार्क १ सयौँ खेल पनि थियो ।
छनोट चरणमा नेपाल एफमा रहेको छ । यसमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलङ्का छन् । नेपालले तेस्रो खेल उज्वेकिस्तानसँग असार २१ गते खेल्नेछ । एसियन कप सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुँदैछ ।
टोलीले हाल नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार यो खेल उज्बेकिस्तान फुटबल एसोसिएसनको युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण