कुलिङ पिरियड प्रकरण : सभापति खतिवडालाई निलम्बन गर्न सभामुखलाई निवेदन
सारांश
- युवराज सफलले निजामती विधेयकमा कुलिङ पिरियड हेरफेरबारे छानबिनको माग गर्दै सभामुखलाई निवेदन दिए।
- सफलले संसदीय छानबिन समिति गठन र दोषीलाई कारबाहीको माग गरेका छन्।
- निवेदनमा राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडालाई निलम्बन गर्न माग गरिएको छ।
काठमाडौँ । निजामती विधेयकमा कुलिङ पिरियड हेरफेर प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै युवराज सफलले प्रतिनिधि सभाका सभामुखसमक्ष निवेदन दिएका छन् ।
बुधबार सफलले सभामुखको सचिवालयमा निवेदन दर्ता गर्दै संसदीय छानबिन समिति गठन र दोषीलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका हुन् ।
‘कुलिङ पिरियडको सम्बन्धमा हेरफेर गर्ने कार्यमा राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडा, अन्य सदस्य,सचिव, कानुन मन्त्री, कानुन सचिव, कानुन सहसचिव,सामान्य प्रशासन मन्त्री, सामान्य प्रशासन सचिव र सहसचिवलगायतको भूमिका भएको हुनसक्ने हुँदा सांसदले बनाएको कानुनी र दस्ताबेजमा अनधिकृत रूपमा संशोधन गर्नु भनेको राज्यविरुद्धको कसुर, सकारकारी किर्ते र न्यायिक एवं संवैधानिक जालसाजी हो’, सफलले निवेदनमा भनेका छन् ।
साथै उनले दर्ता गरेको निवेदनमा कुलिङ अफ पिरियड संशोधन भएकोमा नैतिक जिम्मेवारी राज्य व्यवस्था समिति सभापति खतिवडाको भएकाले यो प्रकरण नटुंगिदासम्म उनलाई सभापति पदबाट निलम्बन गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण