मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बेंगलुरु भागदौड : अनुमति नलिई उत्सव गरिएकाले जिम्मेवार आरसीबी नै

बुधबार, १८ असार २०८२, १२ : २२
बुधबार, १८ असार २०८२

सारांश

  • आरसीबीलाई बेंगलुरुमा भएको घटनाको लागि जिम्मेवार ठहर गरिएको छ, जहाँ उत्सव मनाउँदा भागदौड मच्चिएको थियो।
  • भागदौडमा ११ जनाको मृत्यु भयो र ५० भन्दा बढी घाइते भए, जसको कारण उत्सवको लागि अनुमति नलिइएको थियो।
  • सीएटीले विकास कुमारको निलम्बन अस्वीकार गर्‍यो र उनलाई पुनर्बहाली गर्न आदेश दियो, किनभने आरसीबीले अनुमति बिना उत्सव आयोजना गरेको थियो।

बेंगलुरु । दुई सदस्यीय केन्द्रिय प्रशासनिक न्यायाधिकरण (सीएटीले) को इजलासले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) फ्रेन्चाइजलाई  जुन ४ मा बेंगलुरुको एम चिन्नास्वामी रंगशालाको बाहिर ३ देखि ५ लाख मानिस भेला हुनुको लागि जिम्मेवार ठहर गरेको छ। सो दिन आरसीबीले आफ्नो पहिलो आईपीएल उपाधि जितेको खुसीयाली सार्वजनिक रूपमा मनाइरहेको थियो।

चिन्नास्वामी रंगशालाबाहिर भागदौड हुँदा ११ जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थियो। घटनाको दिन भीडलाई नियन्त्रण गर्ने कुनै उचित तयारी नरहेको आरोप लागेको थियो।

न्यायाधीश बीके श्रीवास्तव र सन्तोष मेहराले रहेको इजलासले दिएको २९ पृष्ठ लामो आदेशमा भनिएको छ, ‘आरसीबी, जसको स्वामित्व डियाजियो कम्पनीसँग छ, ले आवश्यक अनुमति नलिई विजय उत्सवको आयोजना गरेर ‘उपद्रव’ सिर्जना गर्‍यो।’

यो मुद्दा विकास कुमार, बेंगलुरु (पश्चिम) का अतिरिक्त प्रहरी आयुक्त तथा महानिरीक्षकले दायर गरेका थिए। उनलाई अन्य चार प्रहरी अधिकृतहरूसहित कर्नाटक सरकारले ‘कर्तव्यमा लापरबाही’ र ‘उच्च तहबाट निर्देशन नलिएको’ आरोपमा निलम्बन गरेको थियो। यस घटनाले राज्य सरकारको ‘बेइज्जती’ गराएको दाबी गरिएको थियो।

तर सीएटीले विकास कुमारको निलम्बन अस्वीकृत गर्दै उनलाई पुनर्बहाली गर्न आदेश दिएको छ। आदेशमा भनिएको छ, ‘न त आरसीबी न त डीएनए एन्टरटेन्मेन्ट नेटवर्क प्रा.लि. (आरसीबीको कार्यक्रम व्यवस्थापक संस्था) ले कुनै आधिकारिक अनुमति मागेका थिए।’

सीएटीको भनाइ अनुसार, बेंगलुरु सहरमा सार्वजनिक जमघट वा र्‍याली गर्न २००९ को एक आदेश अनुसार कम्तीमा सात दिन अघिमै आवेदन दिनुपर्छ, जसमा उत्सवको दिन र आवेदन दिने दिन गणना हुँदैन। तर आरसीबी वा डीएनए दुवै संस्थाले यस्तो कुनै आवेदन दिएका थिएनन्।

यसरी अनुमति बिना गरिएको सार्वजनिक विजय उत्सवकै कारण भीड अनियन्त्रित भई मानवीय क्षति भएको निष्कर्ष सीएटीले निकालेको छ।
ईएसपीएन क्रिकइन्फो
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप