१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
सारांश
- काठमाडौं महानगरपालिका वडा २२ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गर्यो।
- सम्मान कार्यक्रममा विभिन्न खेलका १२७ खेलाडीलाई सम्मान गरिएको थियो, जसमध्ये २८ जना अन्तर्राष्ट्रिय खेलाडी थिए।
- कार्यक्रममा मिस्टर महानगर बडी बिल्डिङ च्याम्पियनसिपका विजेता र दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतालाई पनि सम्मान गरियो।
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २२ ले बुधबार आफ्नो क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । कार्यक्रममा फुटबल क्रिकेट, पौडी, चेस, बास्केटबल, कबड्डी, बडिबिल्डिङ, फेन्सिङ, तेक्वान्दो, कराँते, फुटसल, स्नुकर, टेबल टेनिसका कूल १२७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित भएका हुन् ।
जसमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने २८ जनालाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा वडा नं. २२ को आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको प्रथम मिस्टर महानगर बडी बिल्डिङ च्याम्पियनसिप २०८२ मा विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यसैगरी १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।
पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ तथा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले शारीरिक सुगठन विजेता खेलाडी तथा अन्य खेलाडीलाई कदर पत्र र ट्रयाकसुट प्रदान गरी सम्मानित गरे । फिफा रेफ्री ज्ञानुराजा श्रेष्ठको संयोजकत्वमा रहेको टिमले सम्मानित हुने खेलाडीहरु चयन गरिएको हो ।
वडा २२ मा ए डिभिजन फुटबल खेलिसकेको चार क्लब सुन्धारा, सङ्कटा, एनआरटी र ब्वाइज स्पोर्टस रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण