बुटवल–नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा सांसदहरूकाे जोड
सारांश
- बुटवल-नारायणगढको दाउन्ने खण्डमा सडक विस्तार तत्काल गर्नुपर्नेमा सांसदहरूको जोड रहेको छ।
- दाउन्ने खण्डमा सडक विस्तारमा ढिलाइ हुँदा लामो यात्रा गर्नुपरेको भन्दै सांसदहरूले गुनासो गरे।
- विभिन्न स्थानमा पुल निर्माण र बाढीपहिरोको पूर्वतयारीमा सरकारको ध्यानाकर्षण गराइएको छ।
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा तत्काल सडक विस्तार गरी आवागमन सहज बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले नवलपरासीस्थित दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तार कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले दाउन्ने खण्डमा सडक विस्तार ढिलाइ भएकाले यात्रु बुटवल–पाल्पा–स्याङ्जा–पोखरा–तनहुँ–मुग्लिङ–काठमाडौँको लामो यात्रा गर्नुपरेको उल्लेख गर्दै बाटो विस्तारलाई शीघ्र सम्पन्न गर्न आग्रह गरे । दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई भन्दा पनि आफूलाई सजिलो हुने गरी काम गर्दा सास्ती भोग्नु परेको उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व मन्त्री शक्तिबहादुर बस्नेतले देशका विभिन्न स्थानमा पुल निर्माण हुन नसक्दा वर्षाको समयमा जनतालाई सास्ती भएको जनाउँदै निर्माणाधीन अवस्थामा रहेका पुललाई शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं पूर्व मन्त्री प्रकाश ज्वालाले वर्षातकाे समयमा मुलुकका विभिन्न स्थानमा हुनसक्ने बाढी, पहिरो र डुबानका घटनालाई कम गर्न सरकारले पूर्व तयारी गर्नुपर्नेमा जोड दिए । ‘काठमाडौँको कालीमाटीस्थित नयाँ पुल प्रयोगमा आउन सकेको छैन, पुरानो पुल जीर्ण अवस्थामा छ, समितिले पटक पटक निर्देशन दिए पनि नयाँ पुलका बारेमा सर्वोच्चले प्रक्रिया टुङ्गाइसकेको सन्दर्भमा प्रयोगमा किन आउन सकेको छैन ?’, उनले प्रश्न गरे । सांसद मैना कार्कीले मध्य पहाडी राजमार्गको जाजरकोट खण्ड समयमा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण