समाचार
जगदम्बा स्टिलको भट्टीमा विस्फोट
बुधबार, १८ असार २०८२, २१ : ४५
सारांश
- बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा बुधबार राति विस्फोट भयो।
- विस्फोट फलाम पकाउने भट्टीमा ठूलो आवाजसहित भएको थियो, जसले जमिनसमेत थर्कायो।
- प्रहरीका अनुसार विस्फोट कसरी भयो र क्षतिबारे विवरण आउन बाँकी छ।
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा विस्फोट भएको छ । बुधबार राति करिब साढे ९ बजे भट्टीमा अकस्मात विस्फोट भएको हो ।
फलाम पकाउने भट्टीमा ठुलो आवाजसहित विस्फोट भएको स्थानीयले जनाएका छन् । विस्फोटको आवाजले आसपासको जमिनसमेत थर्किएको उनीहरूको भनाइ छ ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीले उद्योगको भट्टी पड्किएको पुष्टि गरे । भट्टी कसरी पड्कियो र यसबाट भौतिक तथा मानवीय क्षति के–कति भयो भन्नेबारे प्रस्ट हुन बाँकी रहेको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण