तामाङले संसद्मा प्रकाशमानविरोधी अभिव्यक्ति दिएको विषय कांग्रेस बैठकमा उठ्यो
सारांश
- सांसद पूर्णबहादुर तामाङको अभिव्यक्तिमाथि कांग्रेस केन्द्रीय समितिमा छलफल भयो।
- तामाङले प्रकाशमान सिंहलाई आगामी संसदमा नदेख्न चाहेको कुरा उठाएका थिए।
- ईश्वरी न्यौपानेले पार्टीको अनुशासन र मर्यादाको प्रश्न उठाएर आपत्ति जनाइन्।
काठमाडौँ । सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले प्रतिनिधिसभा बैठकमा संसद्को आगामी कार्यकालमा प्रकाशमान सिंहलाई देख्न नपरोस् भन्दै बोलेको विषय नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उठेको छ ।
तामाङले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका सिंहले आफ्नो जिल्लामा बजेट नहालेको भन्दै बजेटसम्बन्धी छलफलमा आगामी संसद्मा उनलाई देख्न नपरोस् भन्दै प्रार्थना गर्दछु भनेका थिए ।
उक्त विषय कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उठाउँदै प्रतिनिधिसभा सदस्यसमेत रहेकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीको अनुशासन र मर्यादा कहाँ गयो भन्दै प्रश्न गरेकी छन् ।
तामाङको नाम नलिइ न्यौपानेले बैठकमा भनिन्, ‘प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा अब सहरी विकासमन्त्री र अर्थमन्त्री संसद्काे आगामी कार्यकालमा देख्न नपरोस् भनेर हाम्रै पार्टीका सांसद्ले भन्नुभयो । हामी पार्टीको सांसद् हौँ कि स्वतन्त्र सांसद हौँ । हाम्रो पार्टीको अनुशासन र मर्यादा कहाँ गयो ।’
उनले कांग्रेसले कांग्रेसलाई चिया पसलमा बसेर जथाभाबी गाली गरिरहेको भन्दै यस्तो अवस्था आउन नदिने वातावरण निर्माण गर्न सभापति शेरबहादुर देउवा र शीर्ष नेतालाई आग्रह गरिन् ।
गल्ती नगरेका नेतालाई पनि चिया पसलमा बसेर गाली गरिएको भन्दै उनले आपत्ति जनाइन् । ‘गरेका गल्तीलाई गाली गर्नु त ठिकै हो, नगरेको गल्तीलाई चिया पसलमा बसेर गाली गर्ने काम भइरहेको छ । यस्तो अवस्थाबाट हामी कहाँ पुग्छौँ,’ न्यौपानेले भनिन् ।
उनले भ्रातृसंस्थामा म्याद थपको विरोध गर्दै भ्रातृसंस्थाको आवधिक अधिवेशन गरेर पार्टीमा युवा पुस्ताको आकर्षण बढाउनुपर्ने बताइन् ।
एकले अर्कालाई गाली गर्ने अवस्था आउने वातावरण निर्माण नगर्न पनि शीर्ष नेताहरूलाई आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण