आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजरायली आक्रमणमा गाजा अस्पतालका निर्देशकको मृत्यु

बिहीबार, १९ असार २०८२, १६ : ३२
बिहीबार, १९ असार २०८२

सारांश

  • इजरायली हवाई आक्रमणमा गाजास्थित इन्डोनेसियाली अस्पतालका निर्देशकको मृत्यु भएको छ।
  • आक्रमणमा निर्देशक सुल्तानको परिवारका सदस्यको पनि मृत्यु भएको छ, स्वास्थ्य मन्त्रालयले जनाएको छ।
  • इजरायली सेनाले हमासका आतंकवादीलाई प्रहार गरेको दाबी गरेको छ भने, अल-मवासीमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।

गाजापट्टी । इजरायलले गरेको हवाई आक्रमणमा गाजामा रहेको इन्डोनेसियाली अस्पतालका निर्देशकको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएअनुसार गाजा सहरमा रहेको घरमा इजरायली हवाई आक्रमणमा परेर डाक्टर मारवान सुल्तानको मृत्यु भएको हो । 

यस आक्रमणमा परेर उनको परिवारका धेरै सदस्यहरू मारिएका बताइएको छ । चिकित्सा क्षेत्रमा सुल्तानको करियर लामो रहेको मन्त्रालयले बताएको छ । गाजामा आफूहरूले हमासका मुख्य आतङ्ककारीलाई प्रहार गरेको इजरायली सेनाले बताएको छ । 

आक्रमणमा निर्दोष नागरिकहरू घाइते भएको दाबीको समीक्षा भइरहेको बताइएको छ । यसैबिच, अल–मवासी ‘सुरक्षित क्षेत्र’मा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको र बालबालिका सहित धेरै जना घाइते भएको बताइएको छ ।

यो आक्रमण समाचार एजेन्सीहरूले रिपोर्ट गरेका धेरै आक्रमणहरू मध्ये एक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप