पाल्पा र नवलपरासीमा ७ सय बढी लालपुर्जा वितरण
काठमाडौँ । पाल्पा र नवलपरासीमा ७ सय बढी बसोबासीलाई लालपुर्जा वितरण भएको छ ।
विशेष नापी कार्यालयले पाल्पा जिल्लाको रामपुरमा करिब ५ सय जना र नवलपरासी पश्चिमको सुनवलमा सुनवल नगरपालिकाको समन्वय र भूमि समस्या समाधान आयोग जिल्ला कार्यालय नवलपरासीको आयोजनमा करिब २०० जनालाई लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले देशभरका भूमि समस्या र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागी मन्त्रालय र भूमि आयोगले निरन्तर काम गरिरहेको जानकारी गराए ।
अबको ६ महिनाभित्र ७० प्रतिशत भूमिहीनले लालपुर्जा प्राप्त गरिसक्ने मन्त्री अधिकारीको भनाइ छ ।पाल्पामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतका सहभागिता थियो ।
त्यस्तै, सुनवलमा मन्त्री अधिकारीसहित भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजाल, सांसदहरू, सुनवल नगरपालिका मेयर विमला अर्याल लगायतका जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण