टस हारेर नेपालले पहिले बलिङ गर्ने
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को उपाधिका लागि शनिबार बिहान नेपालले सिंगापुरको सामना गर्दैछ । नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।
खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । योसँगै नेपालले पहिले बलिङ गर्नेछ । खेल मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेपाल प्रतियोगिताको साबिक विजेता पनि हो । नेपालसँग लगातार दोस्रो पटक यो उपाधि जित्ने अवसर रहेको छ । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।
फाइनलिस्ट रहेका नेपाल र सिंगापुर दुवै समूह चरणमा एउटै समूह ‘ए’ मा थिए । नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उप–विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले पहिलो सेमिफाइनल खेलमा मलेसियाको सामना गरेको थियो । सुरुवाती ब्याटिङ गरेको मलेसियालाई नेपालले ४३.१ ओभरमा मात्र ९० रनमा सीमित गर्यो । मलेसियाले प्रस्तुत गरेको झिनो लक्ष्य नेपालले मात्र ११.४ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । उता, सिंगापुरले दोस्रो सेमिफाइनलमा हङकङ चाइनालाई ४ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण