कम्युनिस्ट पार्टीहरूले इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने
सारांश
- माओवादी केन्द्रसहित पाँच कम्युनिस्ट पार्टीहरूले इजरायलको हस्तक्षेपको विरोध गर्ने निर्णय गरेका छन्।
- उनीहरूले इजरायलको प्यालेस्टिनीमाथिको व्यवहारको विरोध गर्दै संयुक्त कार्यक्रम गर्ने भएका छन्।
- यस निर्णयमा प्रचण्ड, माधवकुमार नेपाल, विप्लव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्र लगायत पाँच कम्युनिस्ट पार्टीहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेका छन् ।
माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरूको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।
प्यालेस्टिनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारको विरोधमा विरोध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताए।
इजरायलको विरुद्ध माओवादी सहितका दलहरू विरोधमा उत्रिएको जानकारी गराउँदै गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने धारणा राखे ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेताहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा एकता कायम गर्न देउवा समूहले राखेका प्रस्तावबारे बोलेनन् उपसभापति शर्मा
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण