टेक्सास बाढीः ९ बालबलिका सहित २७ जनाको मृत्यु, उद्धार कार्य जारी
सारांश
- टेक्सास, अमेरिकामा आएको बाढीका कारण २७ जनाको मृत्यु भएको छ, जसमा बालबालिका पनि छन्।
- बाढीबाट ८५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरिएको छ भने हराएका व्यक्तिको खोजी जारी छ।
- राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि काम भइरहेको बताएका छन्।
काठमाडौँ। अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या बढेर २७ पुगेको छ। बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमध्ये १८ जना वयस्क र ९ जना बालबालिका छन्।
बाढीपछि ८५० भन्दा बढी व्यक्तिहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने ८ जना घाइतेको उद्धार गरिएको छ।
खोज तथा उद्धार कार्य अहिलेसम्म जारी छ र हराएका सबै व्यक्तिहरू फेला नपरेसम्म अभियान सञ्चालन गरिने एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हराइरहेका व्यक्तिहरूमध्ये २७ जना बालिकाहरू पनि छन्, जो स्थानीय समर क्याम्पमा सहभागी थिए।
यस आपत्कालीन अवस्थापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “ट्रम्प प्रशासन टेक्सासमा आएको बाढीपछिको राहत र उद्धार कार्यका लागि राज्य तथा स्थानीय निकायसँग मिलेर काम गरिरहेको छ।”
अहिले पनि बाढीबाट प्रभावित क्षेत्रमा उद्धार टोलीहरू परिचालनमा छन् र प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने तथा हराएका व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण