समर्थन फिर्ता
लुम्बिनी प्रदेश : नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
आइतबार, २२ असार २०८२, १५ : ४२
बुटवल । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सङ्घीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएसँगै लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री चेतनारायण आर्चायलाई दिएको समर्थन फिर्ता लिएको हो ।
नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्म बहादुर चौधरीले अहिले पार्टीले समर्थन फिर्ता लिएको पत्र इमेल मार्फत मुख्यमन्त्रीलाई पठाएको रातोपाटीलाई बताए ।
उनले भने,'हामीले समर्थन फिर्ता लिएका छाैँ,इमेल मार्फत मुख्यमन्त्रीलाई पत्र पनि पठाएका छाैँ ।' नागरिक उन्मुक्तिबाट लुम्बिनी प्रदेशमा ४ जना सांसद् छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपनि कांग्रेस एमालेको गठबन्धन सरकारलाई बहुमत पुग्न समस्या छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण