बेलीब्रिज उद्घाटनका लागि प्रधानमन्त्री ओली सुर्खेतबाट हुम्ला प्रस्थान
सुर्खेत । कर्णाली करिडोरअन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिज उद्घाटन गर्न बिहान ११ बजे सुर्खेत आएका प्रधानमन्त्री केपी शर्मा ओली चार घण्टापछि सुर्खेतबाट हुम्लाका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीसहितको टोली बिहान साढे ११ बजेतिर सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । तर, कालिकोट खण्डको मौसममा सुधार नआएपछि उडान हुन सकेको थिएन ।
मौसममा सुधार आएपछि दिउँसो प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्लाका लागि उडेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ ।
चार घण्टाको प्रतीक्षा अवधिमा प्रधानमन्त्री ओलीसहित कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललगायतको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम हेडक्वाटर, नेवारेमा आराम गरेर बसेको थियो ।
बेलीब्रिज उद्घाटन गर्ने कार्यक्रम बिहान ११ बजे नै तय गरिएको थियो । मौसमका कारण निर्धारित समयभन्दा ढिलो गरी प्रधानमन्त्रीको टोली हुम्ला पुग्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ मा नेपाल लाइफलाई गोल्ड अवार्ड
-
खाली पेटमा बान्ता हुनुको के हो कारण ?
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण