शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस बैठक

‘समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाऔँ’

आइतबार, २२ असार २०८२, १९ : ०२
आइतबार, २२ असार २०८२

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने सदस्यहरूले समयसीमाभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने र त्यसका लागि क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।

कहिदिनदेखि जारी बैठकमा विभिन्न भ्रातृसंगठन, महाधिवेशन लगायत समसामयिक विषयमा छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले जानकारी दिए । उनले वडातहदेखि केन्द्रसम्मका अधिवेशनलाई समयमा नै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्ने सुझाव आएको बताए । 

प्रसाईंले बैठकमा संवैधानिक नियुक्तिका विषयमा सर्वोच्चको फैसला, पूर्व राष्ट्रपति राजनीतिमा फर्कने विषय लगायतका विषयमा समेत छलफल भएको उल्लेख गरे । त्यस्तै सदस्यहरूले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, सङ्गठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिएका छन् । 

केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा जारी रहेकाले बैठक सोमबार पनि बस्ने नेताहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप