प्रतिकूल मौसम
आकाशमा केहीबेर फन्को लगाएपछि ल्यान्ड भयो क्याथे प्यासिफिकको जहाज
आइतबार, २२ असार २०८२, २२ : ३०
सारांश
- हङकङबाट काठमाडौँका लागि उडेको क्याथे प्यासिफिकको जहाज खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण हुन सकेन।
- आइतबार राति भिजिबिलिटी कमजोर हुँदा जहाजले आकाशमा फन्को लगायो, तर पछि अवतरण भयो।
- मौसममा सुधार आएपछि होल्डमा रहेका अन्य जहाजहरू पनि अवतरणको क्रममा छन्।
काठमाडौँ । हङकङबाट काठमाडौँका लागि उडान भरेको क्याथे प्यासिफिकको जहाज केहीबेर आकासमा फन्को लगाएपछि त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
आइतबार राति वर्षा भएसँगै भिजिबिलिटी कमजोर हुँदा विमान अवतरण हुन नसकी आकासमै केहीबेर फन्को लगाएको थियो ।
त्रिभुवन विमानस्थल स्रोतले साढे १० बजे भने उक्त विमान अवतरण भएको जनाएको छ । उक्त विमान पौने १० बजे नै अवतरण हुनुपर्ने भएपनि खराब मौसमकै कारण अवतरणमा ढिलाइ भएको हो ।
अहिले मौसममा केही सुधार भएसँगै होल्ड रहेका अन्य जहाज पनि अवतरणको क्रममा रहेको विमानस्थल स्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण