वर्षा
लमजुङको खुदी खोलामा जल सतह सतर्कता तह पार, सतर्क रहन विभागको आग्रह
सोमबार, २३ असार २०८२, ०१ : ५६
सारांश
- जल तथा मौसम विज्ञान विभागले लमजुङको खुदी खोलामा जलसतह सतर्कता तह पार गरेको जनाएको छ।
- विभागले जलसतह बढ्दो क्रममा रहेको जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
- आकस्मिक बहावको सम्भावना रहेको भन्दै विभागले जोखिमयुक्त स्थानबाट टाढा रहन अनुरोध गरेको छ।
लमजुङ। जल तथा मौसम विज्ञान विभागले लमजुङ जिल्लाको खुदी बजारस्थित खुदी खोलामा जल सतह सतर्कता तह पार गरेको जानकारी दिएको छ।
शनिबार बिहान १ः२० बजे जारी सूचनामा विभागले जल सतह अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रहरूमा बसोबास गर्ने तथा आसपास यात्रा गर्ने सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागले आकस्मिक बहावको सम्भावना रहन सक्ने भन्दै जोखिमयुक्त स्थानहरूबाट टाढा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
२३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण