इजरायल-हमास युद्धविराम वार्ता सफलता बिना नै टुङ्गियो
सारांश
- इजरायल र हमासबीचको अप्रत्यक्ष युद्धविराम वार्ता बिना कुनै ठोस सफलताका साथ समाप्त भयो।
- कतार र इजिप्टका मध्यस्थकर्ताहरूले दुवै पक्षबीच मतभेद कम गर्न छुट्टाछुट्टै बैठक गर्ने योजना बनाएका छन्।
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन प्रस्थान गरेका छन्।
दोहा । इजरायल र हमासबिचको अप्रत्यक्ष युद्धविराम वार्ता बिना कुनै ठोस सफलता समाप्त भएको छ। वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले यसको जानकारी दिएका हुन्।
ती अधिकारीका अनुसार, कतारको दोहामा दुई छुट्टाछुट्टै भवनमा करिब साढे तीन घण्टासम्म चलेको यो सत्रमा दुवै पक्षबिच कतारी र इजिप्टियन मध्यस्थकर्ताहरूमार्फत सन्देश र स्पष्टीकरण आदानप्रदान गरिएको थियो । तर कुनै प्रगति हासिल हुन सकेन।
वार्ता सोमबार फेरि सुरु हुने अपेक्षा गरिएको अधिकारीले थप बताए । मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउन र दुई पक्षबिचको मतभेद कम गर्न प्रत्येक प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै बैठक गर्ने योजना बनाएका छन्।
रोयटर्स समाचार एजेन्सीले दुई प्यालेस्टिनी अधिकारीहरूसँग कुरा गर्दा इजरायली प्रतिनिधिमण्डललाई हमाससँग सम्झौता गर्न ‘पर्याप्त अधिकार’ नभएको र उनीहरूसँग ‘वास्तविक शक्ति नभएको’ बताएको थियो।
यही समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन प्रस्थान गरेका छन्। नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपतिसँगको आफ्नो भेटले थप बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामको लागि सम्झौता गर्ने प्रयासमा प्रगति गर्न मद्दत पुग्ने बताएका छन्। उनले आफ्ना वार्ताकारहरूलाई इजरायलले स्वीकार गरेका सर्तहरूमा युद्धविराम सम्झौतामा पुग्न स्पष्ट निर्देशन दिएको बताएका छन्।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई इजरायल र हमासबिचको अप्रत्यक्ष वार्तामा यी विवादका बिन्दुहरू समाधान गर्न कडा चुनौती हुनेछ ।
हमासले पछिल्लो युद्धविराम प्रस्तावलाई सकारात्मक भावनाका साथ जवाफ दिएको बताएको छ, तर कुनै पनि सम्झौतामा पुग्न दुई पक्षबिच अझै पनि ठुला भिन्नताहरू रहेको स्पष्ट देखिन्छ। हालका लागि, हमासले पहिलेदेखि नै जोड दिँदै आएका सर्तहरूमा अडिग रहेको देखिन्छ - जसमा कुनै पनि युद्धविरामको अन्त्यमा सबै शत्रुताको अन्त्यको ग्यारेन्टी र इजरायली सेनाको फिर्ती समावेश छ।
नेतन्याहूको सरकारले यसअघि नै यी सर्तहरू अस्वीकार गरिसकेको छ। इजरायली अडानमा पनि खासै ठुलो परिवर्तन आएको छैन। इजरायलबाट अमेरिका प्रस्थान गर्दा नेतन्याहूले आफू अझै पनि तीनवटा 'मिसन' प्रति प्रतिबद्ध रहेको बताएका थिए: सबै बन्धकहरूको रिहाइ र फिर्ती, जीवित र मृत दुवै; हमासको क्षमतालाई नष्ट गर्ने - यसलाई त्यहाँबाट हटाउने, र गाजाले अब इजरायललाई खतरा नबनाउने सुनिश्चित गर्ने।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई इजरायल र हमासबिचको अप्रत्यक्ष वार्तामा यी विवादका बिन्दुहरू समाधान गर्न कडा चुनौती हुनेछ । यसले मार्चमा अघिल्लो युद्धविराम समाप्त भएदेखि अन्य पहलहरूलाई पनि विफल पारेको छ।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १,२०० मानिसहरू मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो। आक्रमणको प्रतिक्रियामा इजरायली सेनाले गाजामा सैन्य अभियान सुरु गरेको थियो । उक्त क्षेत्रको हमास-शासित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा कम्तीमा ५७,३३८ मानिसहरू मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण