खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण
सारांश
- भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ खावामा सुन्तला खेती विस्तार गर्न बिरुवा वितरण गरिएको छ।
- वडले व्यावसायिक खेती प्रवर्द्धन गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको वडाध्यक्षले बताए।
- पहिलो चरणमा ३६ जना किसानलाई १ हजार ६ सय सुन्तलाका बिरुवा वितरण गरिएको छ।
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो ।
केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताए ।
कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले रु दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ ।
“किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौँ” वडाध्यक्ष राईले भने,“हामीले व्यावसायिक कृषिमा लाग्ने किसानलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौँ । सोही आधारमा बर्सेनि कृषिमा लगानी गरिरहेका छौँ ।”
वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा बिरुवा खरिद गरिएको हो । मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार छ सय वटा सुन्तलाको बिरुवा वितरण गरिएको छ । पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ ।
विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भन्ज्याङ र रमिते क्षेत्रमा किवी खेती प्रवर्द्धन गर्न करिब दुई हजार किवीका बिरुवा वितरण भइसकेको छ । सुन्तला र किवी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा)तथा बीउ वितरण कार्यक्रमलाई समेत अघि सारेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण