प्रश्न उठेका सांसदको पार्टीका नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति
सारांश
- रास्वपाले संघीय निजामती सेवा विधेयकमा भएको चलखेलको छानबिनका लागि सोही पार्टीका नेताको नेतृत्वमा समिति बनाउन लागेको भन्दै आपत्ति जनाएको छ।
- प्रवक्ता मनिष झाले अघिल्लो वर्ष सहकारीको विषयमा उठेको प्रश्नमा रास्वपालाई नेतृत्व दिन नहुने कुरा स्मरण गराए।
- कांग्रेस सांसद रामहरि खतिवडाको नेतृत्वमा रहेको राज्य व्यवस्था समितिले विधेयक पास गरेपछि छानबिन समिति कांग्रेसले लिने सहमति भएको हो।
काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडमा भएको छेडखानीमा जुन पार्टीको सांसदमाथि प्रश्न उठेको छ, त्यही पार्टीको नेताको नेतृत्वमा संसदीय विशेष छानबिन समिति बनाउन लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै रास्वपा प्रवक्ता मनिष झाले एक वर्ष अगाडि आफैँले राखेको धारणा भुलेर जसको विषयमा आशंका उब्जिएको हो, त्यसको नेतृत्वमा समिति बन्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।
अघिल्लो वर्ष रास्वपा सभापति रवि लामिछानेबारे सहकारीको विषयमा कुरा उठेर संसदीय छानबिन समिति बनाउने कुरा हुँदा रास्वपालाई समितिको नेतृत्व दिन नहुने अन्य दलले बताएका थिए । अहिले सङ्घीय निजामती कर्मचारी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गर्दा कुलिङ पिरियडबारे गडबडी भएको थियो ।
समितिको सभापति रामहरि खतिवडा छन् । उनी कांग्रेसका सांसद हुन् । छानबिन समितिको नेतृत्व कांग्रेसले लिने सहमति दलहरूबिच भएको छ । त्यसबारे रास्वपाले आपत्ति जनाएको हो ।
विरोध गरे पनि प्रवक्ता झाले समितिमा पार्टीको प्रतिनिधित्व हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण