सर्वोच्चको न्यायाधीशमा नियुक्त पौडेल, थापा र पोखरेल को हुन् ?
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ।
- न्याय परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि उनीहरुलाई न्यायाधीशमा नियुक्त गरिएको हो।
- नवनियुक्त न्यायाधीशहरूमा श्रीकान्त पौडेल विशेष अदालतको अध्यक्ष र शान्तिसिंह थापा विशेष अदालतको सदस्य न्यायाधीशको रूपमा काम गरिसकेका व्यक्ति हुन्।
काठमाडौँ । सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेललाई न्यायाधीशमा नियुक्त गरेका हुन् ।
न्याय परिषद्ले गत जेठ २७ गते सर्वोच्चमा तीन जनाको नाम सिफारिस गरेको थियो । सोमबार संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि आजै उनीहरुलाई न्यायाधीशमा नियुक्त गरिएको हो ।
सर्वोच्चमा लामो समयदेखि चार जना न्यायाधीश रिक्त थिए । प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था रहेकोमा एक पद रिक्त राख्दै तीन जनाको नाम सिफारिस गरिएको थियो ।
सर्वोच्चमा नियुक्त न्यायाधीश पौडेलले २०७८ फागुनदेखि २०८० मंसिरसम्म विशेष अदालतको अध्यक्षका रुपमा काम गरेका थिए । यस्तै थापासँग पनि २०७६ साउनदेखि २०७८ साउनसम्म दुई वर्ष विशेष अदालतको सदस्य न्यायाधीशका रुपमा काम गरेको अनुभव छ । २०२३ माघ २ गते जन्मिएका पौडेल र २०२२ मंसिर ९ गते जन्मिएकी थापा दुवै कास्कीका हुन् ।
पौडेलले २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेकोमा थापा २०७० जेठ २७ गते न्याय सेवामा प्रवेश गरेकी थिइन् । उच्च अदालतमा पौडेल र थापा दुवै २०८० मंसिर ६ गते नियुक्त भएका थिए ।
पौडेलले एलएलएम एमए र थापाले एलएल एमको अध्ययन गरेका छन् । यस्तै दोलखाका पोखरेल नेपाली कांग्रेस निकट मानिन्छन् ।
सर्वोच्च बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका उनले २०७९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण