कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
बुटवल । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे जङ्गलमा एम्बुलेन्स र बिंगर एक आपसमा ठोक्किँदा सोमबार एक जनाको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
सोमबार करिब ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ बर्षीया वृद्धा ईन्द्रकला रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अर्घाखाँचीबाट बुटवल जाँदै गरेको एम्बुलेन्स र बुटवलदेखि चन्द्रौटातर्फ जाँदै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको जनाइएको छ । अन्य घाइतेहरूको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
-
पहिलो हाफमा नर्वेको अग्रता: हालान्डको दुई गोल
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण