टेक्सास बाढी
टेक्सास बाढी: मृतक सङ्ख्या ९४ पुग्यो
मङ्गलबार, २४ असार २०८२, ०१ : ४६
सारांश
- टेक्सास बाढीमा परेर मृत्यु हुनेको संख्या ९४ पुग्यो, स्थानीय अधिकारीहरूले पुष्टि गरे।
- केन्डल काउन्टीमा ६ जनाको मृत्यु भएको पुष्टि भयो, उद्धार र राहत कार्य जारी छ।
- स्रोत र जनशक्तिको सीमितताका कारण उद्धार कार्यमा केही ढिलाइ हुन सक्ने बताइएको छ।
काठमाडौँ। अमेरिकी राज्य टेक्सासमा हालै आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेअनुसार कुल मृतक सङ्ख्या ९४ पुगेको हो।
केन्डल काउन्टीबाट प्राप्त पछिल्लो विवरणअनुसार त्यहाँ मात्र ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। काउन्टी आपत्कालीन व्यवस्थापन कार्यालयले एक प्रेस विज्ञप्तिमार्फत उद्धार, राहत र पुनः स्थापना कार्यहरू तीव्र रूपमा अगाडि बढाइएको जनाएको छ ।
तर स्रोत र जनशक्ति सीमित भएकाले केही ढिलाइ हुन सक्ने बताइएको छ। “हामी जनताबाट प्राप्त सन्देशहरूमाथि ध्यान दिइरहेका छौँ, तर हाम्रो सबै स्रोत हाल आपत्कालीन कार्यमा खटिएका छन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण