चीन : खानालाई सजाउन खोज्दा २०० भन्दा बढी बालबालिकामा पोइजनिङ, ८ जना पक्राउ
गान्सु । उत्तर-पश्चिम चीनको एक विद्यालयका सेफहरूले अखाद्य रङको प्रयोग गरी खाना सजाएपछि २०० भन्दा बढी बालबालिकाहरू सिसा (लिड) विषाक्तताको शिकार बनेका छन्।
गान्सु प्रान्तको तियानसुई सहरमा रहेको एउटा किन्डरगार्टेनबाट लिइएका खानाका नमुनाहरूमा राष्ट्रिय सुरक्षा सीमाभन्दा २ हजार गुणाभन्दा बढी सिसाको मात्रा देखिएपछि आठ जनालाई पक्राउ गरिएको छ।
पेक्सिन किन्डरगार्टेनका कूल २३३ बालबालिकामा खजूरको केक र ससेज कर्न बन खाएपछि रगतमा सिसाको उच्च मात्रा पाइएको थियो। प्रहरीका अनुसार, विद्यालयका प्रिन्सिपलले भान्छाका कर्मचारीहरूलाई अनलाइनबाट रङ किन्न भनेका थिए।
तर, बालबालिका बिरामी परेपछि अधिकारीहरूले लुकाइएका सामानहरू खोज्नुपरेको थियो। पेन्ट अखाद्य भनी स्पष्ट रूपमा चिन्हित गरिएको थियो।
चिनियाँ सरकारी सञ्चारमाध्यमले भान्छाको सीसीटीभी फुटेज भन्दै कर्मचारीहरूले खानामा पेन्ट मिसाएको दृश्य प्रसारण गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण