बाढीको वितण्डा
रसुवा अपडेट: ९ जनाको शव फेला, १९ जना सम्पर्कविहीन
मङ्गलबार, २४ असार २०८२, २२ : १९
सारांश
- चीनबाट आएको बाढीले रसुवागढी क्षेत्रमा ९ जनाको मृत्यु भएको छ।
- बाढीले १९ जना बेपत्ता भएका छन्, जसमा २ प्रहरी, ६ चिनियाँ नागरिक र १६ सर्वसाधारण छन्।
- बाढीले मितेरी पुल, २४ कन्टेनर, ६ सिनो ट्रक र ३५ ईभी गाडी बगाएको छ।
काठमाडौँ । चीनबाट एकाएक आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ९ जनाको मृत्यु भएको छ । बाढीले बगाएका उनीहरुको शव विभिन्न स्थानमा फेला परेको छ ।
मंगलबार बिहानको समयमा आएको बाढीले बगाएर ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै अन्य १९ जना अझै बेपत्ता छन् ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र १६ जना सर्वसाधारण छन् ।
यस्तै घटनामा फसेका ५७ जनाको उद्धार भएको छ ।
यस्तै प्रहरीले बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको जनाएको छ भने लोड गरिएको २४ वटा कन्टेनर डब्बा बगाएको छ । यस्तै ६ वटा सिनो ट्रक, ३५ वटा ईभी गाडी पनि बगाएको छ ।
यसैगरी भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको छ भने रसुवागढी हााइड्रोपावरको ड्याममा पनि बाढीले क्षति गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण