नाइमाले भन्यो, 'रसुवागढीको बाढीले सवारीसाधन आयातमा ठूलो अवरोध सिर्जना'
सारांश
- नाइमाले रसुवागढीको बाढीले सवारीसाधन आपूर्तिमा अवरोध सिर्जना गरेको जनाएको छ।
- बाढीले नाका बन्द हुँदा चीनबाट सवारीसाधन र अन्य सामान आपूर्तिमा समस्या आएको छ।
- अध्यक्ष ऋतु सिंह वैद्यले मितेरी पुल बगाउँदा सवारी आपूर्तिमा ठूलो असर परेको बताइन्।
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढीमा मंगलवार आएको बाढीले सवारीसाधन आपूर्तिमा ठूलो अवरोध सिर्जना भएको बताएको छ ।
विभिन्न चाडपर्व नजिकिँदै गर्दा बाढीको कारण नाका नै बन्द हुँदा चीनबाट सवारी साधन तथा अन्य सामान आपूर्तिमा ठूलो समस्या निम्त्याएको नाइमाले जनाएको छ ।
नाइमामा अध्यक्ष ऋतु सिंह वैद्यले एक विज्ञप्ति जारी गर्दै बाढीले पु-याएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । उनले रसुवागढी भन्सारमा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको बताइन् ।
चीनबाट नेपालमा भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन रसुवागढी भन्सार हुँदै आयात हुने गरेको उनको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ,‘ चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन् । यसले न केवल आयातकर्तालाई आर्थिक धक्का पुर्याएको छ, चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण