रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी
सारांश
- कृषि मन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको प्रयोगले खाद्य सुरक्षामा असर परेको बताए।
- उनले हरित अर्थतन्त्रको अवधारणालाई जोड दिँदै जैविक खेती र पर्यावरण अनुकूलन प्रवर्द्धन गर्नुपर्ने बताए।
- मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई प्राथमिकता दिइने बताए।
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, जैविक श्रोतहरूको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताए ।
हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको देखाएको भन्दै उनले कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्यावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्ने जरुरी रहेको बताए ।
कृषिमा हरित लगानी बढाउने, नविकरणीय ऊर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे ।
मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण