निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिको बैठक सुरु
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिको बैठक सुरु भएको छ । बुधबार सङ्घीय संसद् सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहल, सिंहदरबारमा बैठक सुरु भएको हो ।
सङ्घीय निजामती सेवा विधेयकमा भएको त्रुटि छानबिनका लागि नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधि सभामा पेस भएको समितिको प्रतिवेदनमा र समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, माइन्युट र विद्युतीय अभिलेख, अडियो भिडियो आदिसमेत भन्दा फरक अर्थ हुने गरी कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था उल्लेख भएको विषयमा अध्ययन तथा छानबिन गर्न सभामुख देवराज घिमिरेले समिति गठन गरेका हुन्।
समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) का तर्फबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाकी सांसद रोशन कार्की सदस्य छन्।
समितिलाई काम गर्न २१ दिनको समय दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण